जनकपुर, २९ वैशाख । पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएका छन् ।
प्रहरीले एक जना बलात्कारी पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार रहेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ घर भई वीरगञ्ज–१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साह छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पक्राउ गरेको थियो ।
अर्का एक व्यक्ति मिलेर वैशाख २७ को राति एक महिलालाई मौका पाएर मुख थुनेर बलात्कार गरेको प्रहरीले जानकारी छ ।
पक्राउ परेका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।














