काठमाडौं, २८ वैशाख । राजावादी तथा हिन्दुवादी संस्था शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।
बस्नेतलाई सुकेधाराबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए । बस्नेतविरुद्ध प्रहरीले पहिल्यै पक्राउ अनुमति लिइसकेको थियो ।
पक्राउका लागि प्रहरीले अदालतबाट अनुमति लिए पनि उनी फरार रहँदै आएका थिए । त्यसरी अनुमति लिएकामध्य अझै केही फरार छन् ।
उनीहरु पनि खोजीको सूचीमा रहेका एसपी बोहराले बताए ।














