काठमाडौं, २७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको दुई तिहाईको सरकारको हालत रुझेको विरालो जस्तो भएको बताएका छन् ।
शनिबार पाँचथरको फिदिममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई तिहाईको सरकारले नगर्नुपर्ने जति सबै काम गरेको बताएका हुन् ।
प्रचण्डले विगतमा एमाले र कांग सलाई ठूलो दल बनाउन आफूहरुले सहयोग गरेको तर उनीहरुले आफूहरुलाई सानो बनाउने काम गरेको बताए ।
प्रचण्डले देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको बताए ।














