सिरहा, २७ बैशमाख । सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालका एक सुत्केरीको ज्यान गएको छ ।
मिर्चैया नगरपालिका–११ सीतापुरकी २७ वर्षीया रामकाशी यादवको शनिबार बिहान मृत्यु भएको छ । अस्पतालमा दिउँसो १२ बजेतिर शल्यक्रिया गरेर बच्चा निकालेका थिए ।
यसअघि दुई छोरीकी आमा रहेकी उनले छोरालाई जन्म दिएकी थिइन् भने जन्मिएको बच्चा सकुशल छ । शल्यक्रियाको क्रममा अत्यधिक रक्तश्राव भएपछि रामकाशीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा परिवारजनले बाहिर लान खोजेका थिए ।
रिफर गरिदिन पटकपटक आग्रह गर्दा पनि यतै ठीक भइहाल्छ भनेर अस्पतालले ढाढस दिएर राखे । ढिलो रिफर गर्दा गोलबजारबाट बिराटनगर लाने क्रममा बाटोमै उनको मृत्यु भएको छ ।














