काठमाडौँ, २६ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा केही समस्या नभएको दाबी गरेका छन् ।
आज शुक्रबार आफ्नै निजी निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समसामयिक विषयबारे जानकारी गराउँदै सभापति देउवाले बाहिर हल्ला भएजस्तो कुनै समस्या नरहेको उल्लेख गरेका छन ।














