जनकपुर, २५ वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीति तीन ध्रुवमा ध्रुविकृत हुँदै गएको बताएका छन् ।
जसपा नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अग्रगामी, यथास्थितिवादी र पश्चगामी गरि तीन ध्रुवमा राजनीतिक विभाजन भएको बताए ।
उनले अग्रगामी शक्ति जनआन्दोलन, सशस्त्र विद्रोह र मधेश आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समावेशीता, नागरिक स्वतन्त्रता र मौलिकहकको रक्षाका लागि दृढ रहे पनि यथास्थितिबादीहरु लोकतान्त्रिक मुल्य मान्यतालाई स्वीकार्य गरे पनि संघीयता र समावेशीतालाई पचाउन नसकेको जिकीर गरे ।
राजनीतिक खिचातानीका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भएपनि समानता, भागेदारी र समानुपातिक प्रतिनिधित्वको समस्या अझै कायम रहेको बताए ।














