काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन् ।
सरकारले लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सकेको छैन ।
राष्ट्र बैंककोकार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नर बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व सहमत भएको भनिए पनि नियुक्तिमा ढिलाइ हुँदै आएको छ ।














