काठमाडौँ, २४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चिकित्सकहरू विदेशिने क्रम बढ्नु गम्भीर चिन्ताको विषय भएको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमै स्तरिय स्वास्थ्य सेवा उपलब्ध हुन थालेको अनुभव आफ्नै व्यक्तिगत जीवनबाट लिएको उल्लेख गर्दै पनि सम्पूर्ण स्वास्थ्यकर्मीले देशमै पर्याप्त अवसर नपाएको गुनासो बढेको बताएका छन ।
राष्ट्रपति पौडेलले स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूति संविधानले नै सुनिश्चित गरिसकेको हुँदा संवद्ध निकाय र सरकारको ध्यान नागरिकको स्वास्थ्यमा समान पहुँच र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।














