काठमाडौँ, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरु रहेको भन्दै अहिलेको मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्ने गरेको आरोप लगाएका छन । नेपाली भाषा विश्वकै धनी भाषा भएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले हजुरबुबा र नातीका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताएका छन भने प्रधानमन्त्री ओलीले नेपाली भाषामा भएको समृद्धि अरु भाषामा नभएको बताए ।














