काठमाडौं, २१ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु भएको छ भने उनका श्रीमान २५ वर्षीय रतनसिंह राना चट्याङ लागेर गम्भीर घाइते भएका छन् ।
दोदा नदीमा तरबुजा टिप्न गएका बेला उनीहरुलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए ।
उनका अनुसार लालमतीको घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे आवश्यक विवरण संकलन तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोछ ।














