जनकपुर, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रभातफेरी गर्दै निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान गरी कार्यक्रम सम्पन्न गरेको छ ।
महासंघका अध्यक्ष पुरन साहको नेतृत्वमा कार्यक्रम बिहान ७ बजे महासंघको प्रागनबाट प्रभातफेरी सुरु भई जानकी मन्दिर, जनकचोक हुँदै मधेश सरकारको स्वास्थ्य प्रयोगशालामा पुगेर स्वास्थ्य शिविरमा सहभागी भएको थियो ।
शिविरमा बिएमआई, मधुमेह, उच्च रक्तचाप, हेमोग्लोबिन, मिर्गौलाको परीक्षण तथा महिलाहरूका लागि पाठेघरको मुखको स्क्रिनिङ सहित विभिन्न परीक्षण निःशुल्क रुपमा गरिएको थियो ।
स्वास्थ्य परीक्षण शिविरमा पाँच दर्जनभन्दा बढी पत्रकारहरूले सेवा लिएका थिए भने १२ जना पत्रकारहरूले रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।














