काठमाडौँ, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई ‘युरो ६’ मापदण्ड लागू गर्ने घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई युरो ६ मापदण्ड लागू गरिनेछ ,’उनले भने, ‘जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइनेछ ।














