काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भने एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकको लागि मज्जाको कुरा हो भनेर बोल्ने गरेका छन् ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको जनाएको हो ।
सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएको बारे शिक्षकको बुझाइ नै यस्तो रहेको टिप्पणी गरेको हो ।
शिक्षकलाई ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु नै काफी लाग्ने गरेको प्रधानमन्त्री ओलीको टिप्पणी छ । ५२ प्रतिशत फेल हुने कुरालाई उहाँले एकदम इजी लिनुभएको छ । आफूले शिक्षण नगरे पनि शिक्षकको उक्त टिप्पणीले दुःखी जनाएको प्रधानमन्त्रीले बताएको छ ।
प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरू निकै प्रतिभाशाली रहेको पनि उपयुक्त काउन्सिलिङ र अवसर नपाइरहेको बताए ।














