काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी प्रज्ञाभवन कमलादीबाट पक्राउ परेका छन् ।
उनी पार्टी एकता घोषणा सभास्थलबाटै पक्राउ परेका हुन् । प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ । उनी पक्राउ परेपछि कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए । ‘हामीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेका हौं,’ बोहराले भने, ‘उहाँलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका हौं ।
२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजायँ सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।














