काठमाडौं, १६ वैशाख । ओखलढुङ्गामा चट्याङले १२ जनाका मृत्यु गएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष २०७६÷७७ देखि २०८१÷८२ सम्मको तथ्याङ्कअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् ।
पछिल्लो दुई वर्षमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । १० जनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले बताएको हो । चालु आवको साउनदेखि चैत मसान्तसम्म चट्याङका कारण तीनजना मानिस घाइते भएको छ ।
यस अवधिमा १० वटा चौपायाको मृत्यु भएको छ । विभिन्न विद्युतीय उपकरणमा समेत क्षति भएको छ । यस्तै तीन घर प्रभावित भएका थिए भने पाँचवटा चौपायाको मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कमा उल्लेख छ ।
चट्याङबाट बच्ने उपायबारे नागरिकमा आवश्यक ज्ञान नहुनु र चट्याङ रोकथामका लागि ‘अर्थिङ’ गर्नेलगायतका विधि अपनाउने गरिए पनि जिल्लामा यसको अभ्यास छैन ।
जिल्लामा सञ्चालित एफएम रेडियो र विद्युतीय उपकरण सञ्चालन गर्ने निकायहरूले बर्सेनि चट्याङबाट लाखौँको क्षति व्यहोर्दै आएका छन् ।














