काठमाडौं, १६ वैशाख । काठमाडौैमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।
बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार आइतबार राति करिब १० बजेतिर महिलाले शरीरमा आगो लगाएकी हुन् ।
श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीको जानका।री दिइको छ । उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।
उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ ।














