जनकपुरधाम, १५ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतंकबाट पीडित रहँदै आएको बताएका छन् ।
लोसपाको जनकपुरधामस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरंकुश राणा शासन तथा राजतन्त्रको आतंकबाट पहिलेदेखि नै गुजरीसकेको बताएका छन् ।
यद्यपि उनले राजतन्त्र समाप्त भएपछि पनि मधेशी जनता राज्यको आतंकबाट पीडित रहँदै आएको भन्दै हामी सबै आतंकवाद विरुद्धको लडाइँमा एक हुनु आवश्यक रहेको बताएका छन । ठाकुरले नेपालमा पनि धर्म र जातको बाजा बजाउनेहरू बजाइरहेको र यसले नेपाललाई कल्याण नगर्ने बताएका छन ।














