काठमाडौँ, १५ वैशाख । कैलालीमा एक थुनुवा महिलाले फरार भएकी भारतबाट पक्राउ गरिएका छन् ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि भएको छ । उनकाअनुसार दमाइलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थियो । हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।
दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले जनाएको छ ।














