जनकपुर, १४ वैशाख । सर्लाहीमा जेठाजुले आपनो बुहारीको धारिला हतियारले हत्या गरेका छन् ।
सर्लाहीमा विष्णु गाउँपालिका–३, मधुवनगोठमा ४० वर्षीय साहेब पासवानले आफ्नो बुहारी ३६ वर्षीया रेनुदेवी पासव ानलाई हत्या गरेको हो । रेनुदेवीलाई धारिलो हतियार (फर्सा) प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीकाले बताएको छ ।
आइतबार बिहान पौने १० बजे खाना माग्ने क्रममा विवाद उत्पन्न भएपछि साहेबले रेनुदेवीमाथि फर्साले शरीरका विभिन्न भागमा १५ पटकभन्दा बढी प्रहार गरेका थिए।
घटनापछि तत्कालै प्रहरीले साहेब पासवानलाई नियन्त्रणकोे हो । थप अनुसन्धानका लागि प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए छ ।
शनिबारको झैँ–झगडापछि साहेबकी श्रीमती र छोराछोरी माइतीतिर गएको र साहेब शनिबारदेखि भोकै रहेको खुलेको छ ।
मृतक रेनुदेवीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ भने उनका श्रीमान गजेन्द्र पासवान मजदुरीका लागि भारतमा रहेका छन् ।














