काठमाडौं, १४ वैशाख, । चिकित्सकहरूले निर्वाह भत्ता कार्यावन्यनका लागि सरकारलाई एक महिनादेखि दबाब दिँदै आएका आइतबार ¥याली निकालेका छन् । अहिले माइतीघर मण्डलाबाट चिकित्सकहरू बिजुली बजारको पुलसम्म ¥याली निकालेर अगाडि बढिरहेका छन् ।
आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले पानीमा भिज्दै ¥याली निकालिरहेको बताएको हो ।
आइतबार देशभरिका निजी मेडिकल कलेज, सरकारी प्रतिष्ठानका आवासीय चिकित्सक सँगै वरिष्ठ चिकित्सक र नेपाल चिकित्सक संघका पदाधिकारी उपस्थितमा रहेको बताएको छ ।
सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सक सडक आन्दोलनमा छन् ।
२५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत आवासीय चिकित्सकलाई ४८ हजार (सरकारी आठौं तहसरह) सेवा–सुविधा दिनुपर्ने निर्णय गरेको थियो ।
शुक्रबारदेखि झन् आन्दोलन सशक्त बनाउँदै आवासीय चिकित्सकले देशव्यापी रूपमा चिकित्सकले सेवा बहिष्कार गरेका छन् ।














