बुटवल, १३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताएका छन् ।
शनिबारदेखि लुम्बिनीमा सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै ओलीले संसारमा अशान्ति मच्चिरहेकाबेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको बताएका छन् ।
उनले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको र युद्धले शान्तिको सम्भावना नहुने भन्दै बुद्धका शिक्षाको महत्त्व झन् बढ्दै गएको बताएका छन। चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको थियो ।














