काठमाडौँ, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि सुरू हुन लागेको संघीय संसद्को बजेट अधिवेशनलाई सम्बोधन गर्ने भएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि प्रधानमन्त्रीले संसद्मा सम्बोधन गरेर समसामयिक विषयमा धारणा राख्ने जानकारी दिएको हो । अहिले विद्यालय शिक्षा विधेयक मा गर्दै २१ दिनदेखि शिक्षक आन्दोलन छन् ।
शिक्षकहरुलाई आन्दोलन रोक्नेगरी भरोसा दिलाउन सम्बोधनमार्फत ओलीले प्रयास गर्नेछन्। सरकारले शिक्षकहरुले मागिरहेको विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी गरेको छ ।














