काठमाडौं, ११ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई सजाय मिल्ने दाबी गरेका छन् ।
कश्मिरको हमलापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका मोदीले सजाय गरेका छाड्ने बताएको हो । उसको हर हिसाबमा सजाय मिल्छ । उसको कल्पना भन्दा धेरै सजाय मिल्छ ।
उनले यो घटनापछि सरकारले घाइते परिवारको उपचारका लागि सबै प्रयास जारी राखेको जानकारी पनि दिएका छन् । यो आतंककारी हमलामा कतिले आफ्ना छोरा गुमाएका छन् । कसैले भाइ गुमाएका छन्, कतिले आफ्ना जीवनसाथी गुमाएका छन ।
उनले सिंगो देश नै एउटा आक्रोश र दुःखमा रहेको बताएका छन् ।
यो हमला पर्यटकमाथि मात्रै भएको होइन । देशको दुष्मनले भारतको आत्मामाथि हमला गर्ने दुस्साहस गरेका छन् ।














