काठमाडौं, ११ वैशाख । स्थानीय वायुको आंशिक प्रभावले देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा छ । मध्य र पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना छ ।
त्यसैले गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ ।
विशेषगरी तराई–मधेशका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।














