काठमाडौं, ११ वैशाख । काठमाडौंका भृकुटीमण्डपमा भेला हुने लागेको नेकपा एमालेका लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेका विशेष कार्यक्रममा युवाहरू भेला हुन सुरू भएका छन् ।
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिहीबार विशेष कार्यक्रम गर्न लागेका जानकारी दिए । ११ बजेदेखि तय भएको थियो ।
एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरूलाई सहभागी हुन अपिल गरेको हो । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमाले रहेको छ ।
कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।














