काठमाडौँ, ११ वैशाख । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको छ ।
सुनौलीमा बिहीबार बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले बताए ।
विहिवार बिहान हाम्रो रोहवरमा भारतीय पक्षले शवलाई परिवारको जिम्मा लगाएको हो उनले भने ।
बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए ।
उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो ।














