काठमाडौं, १० वैशाख । गृहमन्त्री रमेश लेखकले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे आफू अनभिज्ञ रहेको बताएको छ ।
बुधबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएको हे । सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै समस्या नरहेको भनेको छ । उहाँले राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीसँग उहाँको कुरा भएको छ ।
आन्दोलनरत शिक्षकहरूको मागका बारेमा सरकार गम्भीर रहेको भन्दै उनले सम्भव भएसम्म सरकारले अहिले गर्न सक्ने माग सम्बोधन गर्न तयार रहेको बताएका छन् । शिक्षक साथीहरूको प्रदर्शन आन्दोलनको कुरा छ ।
त्यसका बारेमा गम्भीरतापूर्वक कुराकानी भइरहेको छ । नयाँ शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गरेर शिक्षकका मागहरू सम्बोधन गर्ने तयारी सरकारले गरिरहेको उनको भनाइ छ ।
गृहमन्त्री लेखकले आन्दोलनरत शिक्षकहरूसँग सरकारले वार्ता गरिरहेको र आज पनि छलफल हुने बताएको हो ।














