काठमाडौं, ७ वैशाख । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेको छ ।
उनलाई सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरेको हो । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पक्राउ गरिएको पुष्टि गरेको छ । ‘राजविराजबाट पक्राउ परेका हौं ।
उहाँविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएका हो । प्रहरीको अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको छ ।
जाहेरी दर्ता भएर अदालतबाट पक्राउ पुर्जी समेत आएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।














