काठमाडौँ, ६ बैशाख । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक बस्ने भएको छ । शुक्रवार राति प्रधानमन्त्री र सभामुखसँग छलफल भएपछि महासंघको बैठक बस्न लागेको छ ।
आजै ३ : १५ बजे बानेश्वरमा रहेको रत्नराज्य मावि बैठक बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।
बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाइएको छ ।
हिजो मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो । राती ९ बजेदेखि प्रधानमन्त्रीसँग भएको छलफल करिब २ घण्टा चलेको थियो ।














