काठमाडौं, ५ बैशाख । विभिन्न माग राखी १७ दिन देखि आन्दोलनरत शिक्षकहरूले माइतीघर नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।
मुख्य सडक नै अवरोध हुँदा १७ दिन देखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत भएको हो । अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको छ ।














