काठमाडौं, ३ बैशाख । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध यौन दुव्र्यवहारको आरोपमा अनुसन्धान सुरु भएको छ ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँको महिला सेलमा उजुरी परेपछि अनुसन्धान अगाडी बढाएको छ । झाविरुद्ध अदालतबाट पक्राउ अनुमति पनि लिइसकेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।
अनुसन्धान अगाडी बढेपछि झा भने मोबाइल बन्द गरेर फरार छन् । उनी भारत भागेको प्रहरीको आशंका छ । नेकपा भित्रको विवादका कारण तिलक परिवारलाई पदमुक्त गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।
तर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि झालाई पदमुक्त गरेका थिए । झा २०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुखमा नियुक्त भएका थिए ।














