काठमाडौं, २ वैशाख । पर्साको वीरगञ्जमा धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ परेका छन् ।
छतमा बसेर ढुंगा हान्ने, मोटरसाइकलमा तोडफोड गर्ने कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रले बताए ।
जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेकाहरू झडपमा उत्रिएपछि प्रहरीले लाठिचार्ज समेत गरेको थियो । गत शनिबार वीरगञ्जमा शोभायात्राका क्रममा दुई धार्मिक समुदायबीच झडप भएको थियो ।
झडपपछि अवस्था तनावग्रस्त हुँदा त्यहाँ प्रशासनले कफ्र्यु समेत लगाएको थियो ।














