काठमान्डँौ, १ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा नयाँ सरकार गठन हुनसक्ने संकेत दिएका छन् ।
आफ्नो गृहजिल्ला चितवनमा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले वर्तमान सरकार अगाडि बढ्न ‘सहज नभएको’ स्थिति देखिएको बताए । ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ ।
प्रचण्डले यसअघि एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए । तर यसबारे थप बोल्न पत्रकारहरूलाई अनुरोध गर्दै उनले केही नयाँ अनुभव र नयाँ घटनाक्रमका आधारमा आफूले यो कुरा गरेको बताए ।
ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताउँदै प्रचण्डले आफूले पहिलेदेखि नै यही कुरा गरेको उल्लेख गरे ।














