जनकपुर, ३० चैत । दोहा, कतारमा क्रियाशील सामाजिक संस्था श्री क्षीरेश्वर सेवा समाजले नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रवार दोहा शहरमा आयोजित विशेष भेलामा विष्णु कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको हो । नवगठित कार्यसमितिमा उपाध्यक्षमा शशी सिंह, सचिवमा बेचु कुँवर सिंह, सह–सचिवमा इमरान राईन, कोषाध्यक्षमा समीर साह र सह–कोषाध्यक्षमा विजय साह चयन भएका छन् ।
साथै समितिमा विभिन्न सदस्यहरू र सल्लाहकारहरूको समेत सहभागिता रहेको छ ।
कार्यक्रममा उपस्थित सदस्यहरूले समाजले आगामी दिनहरूमा प्रवासमा रहेका नेपालीहरूको सहयोग, संस्कृतिक संरक्षण र सामाजिक सेवामा अझ सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।














