वीरगञ्ज, ३० चैत । वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको छ ।
हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो भने यस क्रममा दुवै समुदायबिच ढुंगा हानहान भएको थियो ।
यस क्रममा केही घाइते भएका छन् । घटना तनावग्रस्त र अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले उक्त झडप रोक्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । यस क्रममा झडपमा संलग्नहरूले केही पसल र मोटरसाइकलहरूमा आगजनीसमेत गरेका छन् ।














