काठमाडौं, ३० चैत । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको सरकारले निष्पक्ष छानबिन गर्ने बताएका छन ।
प्रतिनिधिसभा अन्तर्गत कानुन समितिको आज बसेको बैठकमा उपस्थित हुनु भएका गृहमन्त्री लेखकले हिंसात्मक घटनाको छानबिन सरकारले गरिरहेको जानकारी गराउनु भएको हो । प्रहरीले प्रसाईंलाई आजै पक्राउ गरी झापाबाट काठमाडौं ल्याइसकेको छ ।
बैठकमा सांसदहरुले तीनकुनेमा भएको हिंसात्मक घटनामा जिम्मेवार देखिएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।














