काठमाडौँ, २८ चैत । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पदाधिकारी र सरकारका प्रतिनिधिहरूबीच सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ‘वार्ता’ सुरु भएको छ ।
नेपाल सरकार र महासंघबीच विगतमा पटकपटक भएका सहमतिअनुसार अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग राखेर महासंघको नेतृत्वमा शिक्षक कर्मचारीहरू यही चैत २० गतेदेखि काठमाडौँमा आन्दोलित रहेको हो ।
आन्दोलन लम्बिदै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघको नाममा बुधबार पत्र पठाउँदै विद्यालय शिक्षा विधेयक–२०८० मा छलफल भनेर बोलाएको थियो ।














