हेटौँडा, २८ चैत । मकवानपुरको बकैया गाउँपालिकामा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकाबाट कृषि भ्रमण सकेर सिन्धुलीबाट हेटौँडा फर्कने क्रममा बा.प्र ०६–००१ ख ०२७० नम्बरको बस मदन भण्डारी राजमार्ग अन्तरगत बकैया–३ चिसापानी बजार क्षेत्रमा अनियन्त्रित भएर पल्टँदा २९ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको हो ।
घाइतेहरूको मकवानपुर स्थित हेटौँडा अस्पताल, सहकारी अस्पताल तथा चितवनमा उपचार भइरहेको प्रहरीको जानकारी दिएको छ ।














