काठमाडौं, २७ चैत । काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईले आफू नभागेको तर, ‘जोगिएको’ बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत ८ मिनेटको लामो भिडियो सन्देश पोष्ट गर्दै उनले मानव अधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको सन्देश दिएका छन् ।
उनले भनेका छन्, ‘म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु । प्रसाईंले चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा समेत गरेका छन् ।














