सिराहा, २७ चैत । सिराहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बुधवार सिराहाको धनगढीमाई नगरपालिका–७ स्थित कसाहा खण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । घटनामा एक जना गम्भीर घाइते भएको सिराहा प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सुखीपुर नगरपालिका–८ का ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका–१२ का २८ वर्षीय सन्तोषकुमार यादवको उपचारको क्रममा मृत्यु भएको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताएका छन ।
उनका अनुसार गोल बजारबाट पसाहातर्फ आइरहेको बा ४४ प १५६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स ५ प ७७४० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार उनको टाउको, हात र खुट्टामा चोट लागेको छ । घाइते यादवको धनगढीमाई नगरपालिकाको मुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।












