काठमाडौँ, चैत २७ । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ ।
कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाएको हो ।
भुर्तेलले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन बनाएको छ । कप्तान रोहित पौडेलले ३७ रन जोड्नुभयो। उहाँले २९ बलमा दुई चौका र एक छक्का प्रहार गर्नुभयो । आसिफ शेखले ३३ रनको योगदान दिँदा बसिर अहमदले ३० रन बनाएका छन ।












