अर्घाखाँची, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गरेका छन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीति निर्मातालगायतको उपस्थिति छ । कार्यक्रम लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको हो ।
विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन आयोजना गरिएको छ ।














