काठमाडौँ, २६ चैत । हालको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था बदल्ने र देशलाई बंगलादेश र श्रीलंका बनाउनेसम्मको चेतावनी दिएको छ ।
राप्रपा बागमती प्रदेश कमिटीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै त्यस पार्टीका नेताहरूले आफूले भनेजस्तो समझदारी गर्न तयार नभए आन्दोलन जारी राख्दै बालुवाटारको भातपानी बन्द गर्ने, नेताहरूको घर घेर्ने तथा बंगलादेश र श्रीलंका बनाउनेसम्मको धम्की दिएका हुन् ।
सभामा सम्बोधन गर्ने नेताहरूको आक्रोश व्यवस्था भन्दा पनि सरकारको नेतृत्व गर्ने दलका नेताहरूको कार्यशैलीले देश बर्बाद भएको भन्दै कार्यशैली नसुधारेसम्म विश्राम नलिने उद्घोष गरे ।
कांग्रेस, एमाले र माओवादीलगायत सबैलाई ओली, देउवा र प्रचण्डबाट अब देश नबन्ने थाहा भएकाले उनीहरूलाई जति दिन राख्यो त्यति नै देश बर्बाद हुने राप्रपा नेताहरूले बताएका थिए ।
खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ओली देउवा र प्रचण्डबाट देश सच्चिने र लिकमा आउने कुनै पनि सम्भावना नरहेको दाबी गरे ।
शिक्षकहरूको आन्दोलनप्रति सरकारले गरेको व्यवहारलाई उदाहरण दिँदै उनले शिक्षकहरूले भनेमा आफूहरू अहिले नै गएर समर्थन गर्ने र माग पुरा गरिदिने समेत बताए ।














