काठमाडौं, २६ चैत । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।
मंगलबार उनको स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवा (युसीएमएस) भर्ना गरिएको रुपन्देही कारागाारका जेलर सुरज भण्डारीले जानकारी दिएका छन ।
नियमित औषधि सेवन गर्दै आएका उनको स्वास्थ्यमा मंगलबार थप समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र केही दिन अस्पतालमै राख्नु पर्ने जेलर भण्डारीले बताए ।
उक्त कारागारमा जोशी माघ २८ गतेदेखि छन् । सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीले माघ २८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।












