जनकपुर, २३ चैत । जनकपुर न्यूरो अस्पतालका सञ्चालक डा. बिजयकुमार राउतले जनकपुर यातायता प्रा.लि.का अध्यक्ष मनोजकुमार चौधरीसहित अन्य व्यक्तिहरूको तोडफोड र हुलहुज्जतको घटनामा कानुनी उपचार खोज्ने घोषणा गरेका छन् ।
डा. राउतले शनिवार बिहान जनकपुर न्यूरो अस्पतालमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा सार्वजनिक गरेका हुन् । चैत १ गते जनकपुरको अन्तगृह परिक्रमा गर्दै घर फर्किरहेको बेला धनुषाको मालटोलमा बस दुर्घटना भएको थियो उक्त दुर्घटनामा बसमा सवार ४२ जना यात्री घाइते भए ।
जनकपुरबाट राजविराजका लागि प्रस्थान गरेको ना ५ ख १४४१ नम्बरको धनलक्ष्मी ट्राभल्सको बस दुर्घटनामा परेको हो । उक्त घटनापछि बस व्यवसायी संघले घाइते यात्रिहरुको सम्पूर्ण उपचार खर्च आफूले बेहोर्ने प्रतिबद्धता जनाएको थियो ।
डा. राउतले पत्रकार सम्मेलनमा भने, “जसरी जसरी घाइते यात्रिहरु निको हुँदै गए उनीहरुलाई डिस्चार्ज गरी घर फर्काइयो । तर, केही यात्रिहरु अझै उपचाररत छन् र उनीहरुको उपचार खर्च नदिई उनीहरुलाई डिस्चार्ज गर्न दबाव दिइएको थियो ।
उनले यो घटनालाई ध्यानमा राख्दै अस्पताल प्रशासनले बिल भुक्तानीको माग गरेको थियो, जुन पछि एक समूहले अस्पतालमा तोडफोड गरेको दाबी गरिएको छ । यसैगरी, डा. राउतले थप भने, मैले बारम्बार बस व्यवसायी संघसँग सम्पर्क गर्ने प्रयास गरे पनि उनीहरुले फोन नउठाउने र मोबाइल स्वीच अफ गर्ने गरेका छन् ।
यो अस्पतालको सामान्य प्रशासनिक समस्या मात्र होइन, यो जनकपुर बासीमाथिको आक्रमण हो । म जनकपुरको स्नेह र माया कारण यहाँ अस्पताल सञ्चालन गर्दैछु, तर यसको अर्थ भने यो होइन कि अस्पताल प्रशासनलाई दबावमा राखेर काम गर्न दिइनेछ ।
विरामीहरुको उपचार खर्च नदिई त्यतिकै डिस्चार्ज गर्न भने पछि अस्पताल प्रशासनले विल भुक्तानी गर्न भनेपछि त्यहाँ विवाद चर्किएको थियो ।














