काठमाडौं, २२ चैत । सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीका उपाध्यक्षलाई कारबाही गरेको छ ।
पार्टी अनुशासन समितिमा संयोजकसमेत रहेका उपाध्यक्ष दीपक कुमार साह ६ महिनाका लागि निलम्बनमा परेका छन् । अनुशासन समितिका उपाध्यक्ष नरेन्द्र चौधरी र सचिव अनिता यादवले पार्टी उपाध्यक्ष साहलाई पत्र लेखेर कारबाहीको जानकारी गराएको हो ।
पार्टी नीति विपरीत गएको भन्दै साहलाई अनुशासन समितिले स्पष्टीकरण सोधेको तर स्पष्टीकरणको जवाफ नदिई सामाजिक सञ्जालमा पार्टीकै नीतिविरुद्ध लेखेको भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख छ । 












