काठमाडौं, २१ चैत । काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च रहेको छ ।
आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ । बिहीबार काठमाडौं विश्वको प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुवाँ उडे जस्तो देखिएको थियो ।
हरेक वर्ष सुक्खायाममा समग्र दक्षिण एसिया र विशेष गरी काठमाडौं वायु प्रदूषणबाट ग्रसित हुने गरेको छ ।
सामयिक सन्दर्भमा पनि काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।














