काठमाडौं, २० चैत । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा ¥याली निकालेका छन् ।
शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको ¥याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।
नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् । ¥यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुने महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीले बताईन ।
शिक्षकहरू काठमाडौ भित्रनु भएको छ । आज डेढ लाख शिक्षक कर्मचारीको ¥याली निस्कन्छ,’ उनले भनिन्, ‘भोलि शिक्षक कर्मचारी थप थपिनु हुन्छ ।
आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको उनले बताइन् ।












