एजेन्सी । शुक्रबार म्यानमारमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरूको संख्या ७०४ पुगेको छ ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (युएसजीएस) ले भूकम्पमा परी हजारौं मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ । भूकम्पको झट्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो ।
म्यानमारको सैनिक सरकारले कम्तीमा ६९४ जनाको मृत्यु भएको र १ हजार ६७० जना घाइते भएका पुष्टि गरेको छ । शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो म्यानमार र थाइल्याण्डमा पछिल्लो २०० वर्षयताकै ठूलो भूकम्प मानिएको छ । थाइल्याण्डमा १० जनाको मृत्यु भएको छ ।
भीषण विनाशका कारण म्यानमारका ६ राज्यहरू र थाइल्याण्ड भरि आपतकाल घोषणा गरिएको छ ।














