काठमाडौं, १५ चैत । काठमाडौँको तीनकुनेमा सेना पठाइएको छ ।
जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले तनावग्रस्त तीनकुने क्षेत्रमा सेना पठाइएको बताए । तीनकुने क्षेत्रमा आज राजावादीले प्रदर्शन गरेका थिए ।
प्रदर्शन उग्र हुँदा तीनकुने क्षेत्रमा व्यक्तिका घर र कार्यालयहरूमा आगजानी र तोडफोड भएको छ । कफ्र्यु आदेश जारी भएसँगै जिल्ला सुरक्षा समितिको बैठकले सेना खटाउने निर्णय गरेको हो ।
काठमाडौँ प्रशासनले गौशालादेखि विमानस्थल, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर क्षेत्र, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, बानेश्वरचोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कफ्र्यु आदेश जारी गरेको छ ।
कफ्र्यु अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्मलाई आदेश जारी भएको प्रशासनले जनाएको छ । त्यस्तै प्रशासनले यस अवधिमा यी क्षेत्र आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन बैठक र घेराउ गर्न नपाउने बताएको छ ।














